जनताको पैसामा घुसखाने मन्त्री चाहिदैन भन्दै प्रदर्शन

663
views

काठमाडौं, ८, फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि काठमाडौंमा बास्कोटाको विरोधमा प्रर्दशन भएको छ । काठमाडौंको बालुवाटारमा भएको विरोध प्रदर्शन साझा पार्टीले गरेको हो ।

साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएर सञ्चारमन्त्रीको विरोधमा जनतालाई हेप्नी, घुसखोर, कमिसन खोर, विचौलियालाई जेलमा हालौं जनताको पैसामा कमिसन खाने मन्त्री चाहिदैन जस्ता प्लेकार्ड सहति प्रदर्शन गरेका हुन ।