उदयपुरमा ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

680
views

उदयपुर ९, फागुन । कटारी नगरपालिका–३ की ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

बिहीबार दिउँसो बृद्धालाई वलात्कार गरेको आरोपमा सोही वडाका चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए।

घटनाका विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए। वृद्धाको स्वास्थ्य परीक्षण गरिएको छ।