बिसहजार  घुससहित धनुषामा वडासचिव पक्राउ

685
views

  जनकपुरधाम १६,फागुन । बिसहजार   घुससहित धनुषामा वडासचिव पक्राउ , २०७६ स् धनुषाको धनौजी गाउँपालिका(२ को वडा कार्यालयमा कार्यरत वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्।

सेवाग्राहीबाट २० हजार घुस लिँदालिँदै वडासचिव (खरिदार) सुशिल ठाकुरलाई पक्राउ गरेको अख्तियारको टोलीले पक्राउ गरेको हो।

जन्म प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले वडासचिव ठाकुरलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

बिहीबार पक्राउ परेका वडासचिव ठाकुरलाई बर्दिबास कार्यालयले नियन्त्रणमा राखेको छ। उनीमाथि अनुसन्‍धान भइरहेको अख्तियारले जनाएको छ।