मानेभञ्ज्याङ एफसी दार्जिलिङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश,झापालाई २–१ ले पराजित

483
views

 इलाम १८, फागुन । कार्डको वर्षा भएको खेलमा दुई संस्करणको च्याम्पियन झापा ११ लाई हराउँदै पाहुना टोली मानेभञ्ज्याङ एफसी दार्जिलिङ माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापालाई २–१ ले पराजित गर्‍यो। खेल अवधिभर दुवै टिमका ६ जना खेलाडीलाई म्याच रेफ्री श्रवण लामाले पहेलो कार्डको दर्शन गराए। झापाका ४ जना र मानेभञ्ज्याङका २ जना खेलाडीले पहेलो कार्ड पाए।

खेलको सुरुवातबाटै दबाब बनाएको मानेभञ्ज्याङले २३ औं मिनेटमा अग्रता बनायो। चानमित्रे थामको क्रस पासमा पेनिसाइ लाथोङले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए। पुन स् खेलको ४८ औं मिनेटमा लाथोङले अग्रता दोव्बर बनाए।

८५ औं मिनेटमा सुनिल खड्काको क्रस पासमा सरोज कार्कीले अग्रता कम बनाउने प्रयास गरेका थिए। खेल अवधि भर झापाको पोष्टमा मानेभञ्ज्याङले आक्रमण बुनिरहयो। छरितो खेल प्रदर्शन गरेको पाहुना टोलीले एकपछि अर्को आक्रमण बुनिरहँदा झापाका गोलरक्षक अविशेक बराल गोल रोक्न व्यस्त देखिन्थे।

झापाले केही राम्रा मुभहरु बनाए पनि मानेभञ्ज्याङका गोलरक्षक फ्रोलिक्सन खारले विफल बनाइदिए। जितसँगै फाइनल प्रवेशका लागी मानेभञ्ज्याङले गोर्खा व्वाइज रुपन्देही र ए डिभिजन लिग विजेता मछिन्द्रबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ।

खेलको म्यान अफ दि म्याच दुई गोल गर्ने पाहुना टोलीका लाथोङ घोषित भए। प्रतियोगिताअन्तर्गत भोलि ए डिभिजन लिग उपविजेता विभागीय टोली त्रिभुवन आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।