अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

918
views

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु भएको छ । पोखरा घर भएका निकेश श्रेष्ठको बुधबार क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा श्रेष्ठलाई छालले बगाएपछि उनको मृत्यु भएको हो ।

अस्ट्रेलियाको फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ बुधबार अन्य तीनजना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । छालले हुत्याएपछि साथीहरूले श्रेष्ठको उद्धार गर्न नसकेपछि उद्धारकर्मीलाई बोलाएका थिए । उद्धारकर्मीले श्रेष्ठको शव समुद्रबाट निकालेका थिए ।

श्रेष्ठको शव अहिले ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपालस्थित परिवारमा सम्पर्क गरेर नेपाल पठाउने तयारी भइरहेको छ ।