आठ किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

488
views

बाँके फागुन २३,  ।  बाँके प्रहरीले ठूलो परिमाणमा चाँदीका गहना बरामद गरेको छ।

नेपालबाट भारत लैजान तयारी अवस्थामा रहेको आठ किलो पाँच सय ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ परेको बाँके प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा मोटरसाइकलको ट्यांकीमा लुकाएर राखेको चाँदीका गहनासहित भारत, नानपाराका अलिव सलमानीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको टोलीले सलमानीले प्रयोग गर्दै आएको यूपी ०३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टंकीबाट उक्त परिमाणको चाँदीका गहना बरामद गरेको हो। यसअघि पनि बाँके प्रहरीले भारत लैजान लागेको चाँदीका गहना बरामद गरेको थियो।