लण्डन, २८, फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको पृष्टि भएको छ । आफूलाई कोरोनाको सक्रमण भएको थाहा पाएपछि घरमै सेल्फ आइसोलेशनमा बस्दै आएको स्वयम् उनले पुष्टि गरेकी छन् ।
कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया डोरिस बेलायतमा कोरोना भेटिने पहिलो सांसद हुन् । डोरिसले एक वक्तव्य जारी गर्दै पछिल्लो समय उनले भेटेका व्यक्तिहरुको खोजी गरिरहेको र आफूलाई कोरोना लागेको थाहा पाएपछि सबै सावधानी अपनाउदै घरभित्रै सेल्फ आइसोलेशनमा बस्दै आएको बताएकी हुन् । उनी आइसोलेशनमा बस्नु एक दिन अधि मात्रै प्रधानमन्त्री सम्मेलित एक कार्यक्रममा सहभागी भएकी थिइन् ।
बीबीसीका अनुसार बेलायतमा हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भने तीन सयय ८२ जनामा सक्रमण देखिएको छ । केहिदिन अघिमात्रै एकजना ८० बर्षिय बृद्वाको कोरोनाको सक्रमणबाट मृत्यु भएको थियो ।