लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

442
views

काठमाडौं, ६, चैत्र । संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सृजना गरेको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै लोक सेवा आयोगले सबै लिखित परीक्षाहरु स्थगित गरेको छ ।

आयोगबाट हुने लिखित परिक्षा चैत मसान्तसम्मका लागि स्थगित गरिएको हो । आयोगद्वारा सञ्चालन हुने पूर्वनिर्धारित निजामति, सुरक्षा निकाय र संगठित संस्था तर्फका सबै लिखित परीक्षाहरु र्चैत ८ गतेदेखि अर्कौ सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।