सबै उमेरसमूहका मानिसलाई कोरोना संक्रमण जोखिम उत्तिकै

426
views

 चैत ८, २०७६ विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट युवा उमेरका व्यक्तिहरु सुरक्षित नरहेको जनाएको छ।

विश्वभर फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये धेरैजसो वृद्धावृद्धा रहेको भन्ने समाचारहरुपछि युवा पुस्ताले सजगता नअपनाएको भन्दै डब्लुएचओले युवा पुस्ता पनि सुरक्षित नरहेको चेतावनी दिएको हो।

डब्लुएचओका महानिर्देशक टेड्रस अदहानोम घेब्रेयससले युवा पुस्ता जीवन र मृत्युको कारक बन्न सक्ने बताए। डब्ल्युएचओका महानिर्देशकले संक्रमित हुने र मृत्यु हुनेमा उमेरको कुनै रोकतोक नहुने बताए।

डब्ल्युएचओका अनुसार सबै उमेर समूहका व्यक्ति संक्रमित भएका छन् र मृत्यु हुने पनि सबै उमेरका छन्। घ्रेबेयससले भनेका छन्‌, ‘युवाहरु पनि अजेय छैनन्‌, यो भाइरसले सबैलाई अस्पताल पुर्‍याउन सक्छ र मृत्युको मुखमा पनि ’