फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना देखियो

935
views

काठमाडौं, १०, चैत्र । फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ति विद्यार्थीलाई नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएकाछ । उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएकी थिईन ।