विश्वभर ७ लाख कोरोना संक्रमित, ३४ हजारको मृत्यु

546
views

एजेन्सी, १७, चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ ।

यसैगरी भाइरस संक्रमणबाट ३३ हजार ९५८ को मृत्य भएको छ । ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ । इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ र स्पेनमा ६ हजार ८०३ को मृत्यु भएको छ ।

अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ । हालसम्म त्यहाँ १ लाख ४२ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४७९ ले ज्यान गुमाइसकेका छन् ।

सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ । तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ । त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ ।