पर्वत आइपुग्योे कोरोना उपचारको सामान

673
views

पर्वत, १७, चैत्र । चीनबाट काठमाडौ आएको कोरोना भाइरस उपचारको सामान पर्वत अस्पतालमा पनि आईपुगेको छ । कोरोना उपचारका लागि आवश्यक सुरक्षा कबजका सामाग्रीहरु पर्वत अस्पतालमा आइपुगेको हो । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार ५० थान पिपिइका सामाग्रीहरु पर्वत आइपुगेका हुन ।

प्रर्सनल प्रोटेक्ट इक्यूमेण्टका ५० थान सामाग्री पर्वत आएको डा. देवकोटाले जानकारी दिए । संक्रमणको सम्भावना भएकाहरुको स्वाब परिक्षणका लागि ¥याल निकाल्नका लागि पिपिइ थिएन ।

संक्रमणको सम्भावना भएको कोरोना अस्पतालमा भर्ना भएकाहरुलाई उपचार गर्न समेत सुरक्षणका साधन नहु्ँदा चिकित्सकले समस्या वेहोर्दै आइरहेका थिए ।

५० थान पिपिइ यथेष्ट नभए पनि हालका लागि केहि राहत मिलेको चिकित्सकहरुको भनाई छ । कोरोना अस्पतालका लागि बाँकी इक्यूमेण्टहरुको भने अभाव रहदै आएको छ ।