महाशिला गाउँपालिकामा मजदुर परिवारलाई राहत

631
views

निर्मल पौडेल
पर्वत, १९, चैत्र । पर्वतको महाशिला गाउँपालिकाले लक डाउनको वेलामा दैनिकी मजदुरी गरेर गुजारा चलाउने परिवार तथा मजदुरहरुलाई रु २ हजार वरावरको राहत दिने भएको छ । विश्वभरी महामारिको रुपमा फैलिरहेको नोवल कोरोना भाईरस कोभिड १९ कारण देश लकडाउन भैरहेको परिस्थितीमा ज्याला मजदुरी गरेर जिवन गुजारा चलाईरहेका विपन्न गरिव तथा मजदुर परिवार हरु लाई छाक टार्न समस्या नहोस भन्ने हेतुले रु २ हजार रुपैया वरावरको राहत वितरण गर्ने भएको हो ।

मंगलवार महाशिलामा सम्पन्न गाउँकार्यपालिकाको वैठकले पालिका भित्रका ६ वटै वाडामा रहेका १ सय ५६ घर परिवार लाई रु २÷२ हजारका दरले उनीहरुको घरमानै गएर खाधन्न वितरण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जिवन उच्चै ठकुरीले जानकारी दिएका छन् । रु २ हजार वरावरको उक्त राहत वुधवार वाट वार्ड कार्यलयले वितरण गर्ने भएको हो ।

गाउँपालिका भित्रका वार्डहरुमा स्थापना गरिएका राहत कोष लाई एकीकृत गरी सवैलाई समान हुने हिसावले एकद्धार प्रणालिवाट राहत वितरण गरिने भएको हो । यसरी राहतको घोषण गर्ने पालिका जिल्लामानै पहिलो रहेको छ । विपन्न परिवारमा आवश्यक चामल दाल नुन तेल मसला लगायतका खाधन्न वितरण गरिने ठकुरीको भनाई रहेको छ । महाशिला गाउँपालिकाका स्थानिय मात्र नभई विकास निर्माणका कामका लािग अन्यत्र वाट पालिकामा वसोवास गर्दै आईरहेका हरु लाई पनि उक्त राहत प्रदान गर्ने गाउँपालिकाले निणर्य गरेको छ ।

जिल्लाको मध्य दक्षिण भेगमा अवस्थित गाउँपालिकामा १ सय ५६ जना गरिव तथा निम्न आय हुने विपन्नको सुचिमा समावेश गरिएको छ । उक्त वैठकले कोरोना नियन्त्रणका लागि धुवाँकोट महाशिला क्याक्पसमा निर्माण गरिएको १५ शैयाको अस्थायी क्वारेन्टाईन लाई गाउँपालिकाको साझा क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाका ६ वटा वडाहरुमा वाहिरवाट आएका तथा गाउँपालिका भित्र कोरोना संक्रमणको आशंका गरिएका व्याक्तिहरु लाई उक्त क्वारेन्टाईनमा नै राख्ने र आवश्यक परेमा थप क्षमता वृद्धी गर्दै जाने समेत निर्णय भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले वताए ।

यसैगरी गाउँपालिका भित्र रहेका खाध्यन्न पसलहरुको अनुगमन गर्ने र वजार भाउ भन्दा वढी असुली गर्नेलाई कडा कारवार्ही गर्ने,र अभावमा खाधन्नको आपुर्तीका लागि सहज वातावरण सिर्जना गर्ने, गाउँपालिकाका जेष्ठ नागरिक तथा वृद्धवृद्धा दीर्घरोघी हरु लाई तथा नियमित औषधी सेवन गर्नेहरुलाई घरमानै औषधी उपलव्ध गराउने, निर्णय गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

वैठकले गाउँपालिकामा भित्रने तथा वाहिरीने नाकाहरुमा चेकजाँचका लागि संयमसेवक परिचालन गर्ने र आवत जावतमा कडाई गर्ने निर्णय समेत गरेको छ ।