विश्वभर नौ लाख बढी संक्रमित, ४७ हजारको मृत्यु

654
views

काठमाडौं, २०, चैत्र । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ ।

जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ जनाइउको छ । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुईलाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि पाँच हजार ११६ पुगेको छ ।

कोरोनाको दोस्रो प्रभावित मुलुक इटाली हुन पुगेको छ । इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेन हो संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार तीन सय ८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

अहिलेसम्म यो भाइरस संक्रमणपछि एक लाख ९३ हजार सात सय ६४ जना मानिसहरु निको भएर घर फर्किएका छन् ।