कोरोना संक्रमित भनेपछि एम्बुलेन्स चालक त्रसित

कोरोना संक्रमित ६५ बर्षिय महिलालाई कष्टपूर्ण तरिकाले अञ्चल अस्पताल ल्याईयो

876
views

सीताराम थापा
बाग्लुङ, २१, चैत्र । बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएकी बागलुङकी ६५ वर्षीया वृद्धमा चैत २० गते छैठौं कोरोना संक्रमित भएको पुष्टी भएपछि उनलाई अस्पताल ल्याउन निकै कठिनाई भएको थियो । उनीसँगै बाग्लुङमा दुईजना संक्रमित भएका छन् । संक्रमितको संख्या बढ्दै गएपछि त्रास फैलिएको बाग्लुङमा उनी आउँदा सम्पर्कमा रहेकाहरुको तत्काल खोजी गर्नुपर्ने स्थानीयको भनाई छ ।

कतार एयरवेजको क्यूआर ६५२ बाट काठमाडौं, काठमाडौबाट एती एयरलाइन्सको जहाजमा पोखरा र पोखराबाट जीप हुँदै चैत ४ गते बागलुङ आइपुगेकी उनको स्वाव परिक्षणको लागि चैत १८ गते टेकु अस्पताल काठमाडौं पठाईएको र कोरोना भएको पुष्टि भएकी उनलाई अस्पताल ल्याउन कठिनाई भएको थियो ।

अस्पतालसँग प्रयाप्त उपकरण नभएको तर संक्रमित भएकाले अस्पताल ल्याउन कठिनाई भएको हो । कोरोना संक्रमित उनलाई घरबाट धौलागिरी अञ्चल अस्पतालसम्म ल्याउन नेपाल रेडक्रसद्वारा सञ्चालित एम्बुलेन्सका चालक त्रासले फरार भएपछि अस्पताल ल्याउन असहज भएको थियो ।

चैत १६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको बैठकले नेपाल रेडक्रस सोसाईटी बागलुङको एम्बुलेन्सलाई पाटेशन गरेर कोरोना संक्रमित बोक्ने निर्णय गरिएको भएपनि विरामी बोक्नुपर्ने समय आएपछि सवारी चालकले आनकानी गरेकोे प्रमुख जिल्ला अधिकारी गौलोनच शैजुले बताउनुभयो ।
‘रेडक्रस समेत समितिमा रहेको र सहभागी भई निर्णय र सल्लाह अनुसार रेडक्रसको एम्बुलेन्स कोरोना संक्रमितलाई बोक्न प्रयोग गर्ने निर्णय गरिएको हो’ प्रजिअ शैजुले भन्नुभयो, ‘तर अन्तिम समयमा चालकले आफुलाई रेडक्रसले सवारी चालकको नियुक्त नदिएको र सुरक्षाको ग्यारेन्टी नभएको भन्दै विरामी बोक्न मान्नुभएन ।’

रेडक्रसका एम्बुलेन्स चालक विरामी भइ उपचारको क्रममा रहेको र केहि समयको लागि सट्टामा राखिएका सवारी चालकले कोरोना संक्रमित विरामी बोक्न अस्विकार गरेको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेले स्विकार गरेको बताईएको छ ।

‘लड्न जा भन्ने हतियार नदिने’ कस्ले काम गर्नसक्छ, लामिछानेले भन्नुभयो प्रशासनले कोरोना संक्रमित विरामी बोक्नुपर्छ भनेर निर्देशनको शैलीमा भनेपनि चालकको सुरक्षा प्रबन्धको बारेमा संवेदनशिल नभएको उहाँले बताउनु भयो । प्रशासनले चालकको सुरक्षा ग्यारेन्टी दिन नसकेपछि विरामी बोक्न नमानेर मोबाईल स्विच अफमा राखेर सम्पर्क बिहिन भएको बताईन्छ ।

एम्बुलेन्सका चालक अस्पतालमै एम्बुलेन्सको चापी छोडेर फरार भएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङका सवारी चालक रुद्र पराजुलीले रातको १० बजे रेडक्रसकै एम्बुलेन्समा विरामीलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याएर उपचार गरिएको छ । उनिसंगै आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटामा चैत १५ गते संक्रमण देखिएर धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । यसरी बागलुङ २ जना कोरना संक्रमित भई रेड जोनका परेपछि पनि आवश्यक भेन्टिलेटर र उपकरण आवश्यक भएको सांसद देखि सरोकारवाला निकायको माग रहेको छ। सरकारले यसलाई तत्काल सम्बोधन गर्न सबैले जोडदार माग गरेका छन ।