आगामी दुई साता थप चुनौतीपूर्ण–प्रधानमन्त्री

519
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा संबोधन गरेका छन् । प्रधानमन्त्रीले संकटको समयमा सरकारलाई कमजोर देखाउन कुप्रचार गरिएको बताएका छन् ।

प्रधानमन्त्रीले केही व्यक्तिले आफ्ना निहीत स्वार्थ पूरा गर्न चलाइएका गलत हल्लाले सरकारको भ्रष्टाचारविरुद्धको प्रतिवद्धतालाई कमजोर नबनाउने भन्दै सरकार जनता, राजनीतिक दल, राज्य र समाजका सबै अंगको बलियो राष्ट्रिय एकताबाट मात्रै महामारीमाथि विजय प्राप्त गर्न सकिने बताए ।

‘अवस्था सामान्य होस वा असामान्य सरकारका काम कारबाही विधिसम्म हुनुपर्छ सुशासनका मानकमाथि खरो उत्रि नै पर्दछ’ ओलीले भने–‘तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठेरो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ ’

एकान्तबास निकै कठिन भएपनि आफ्नो, परिवार र समाजका व्यक्तिको जीवन रक्षाका लागि र्धैयता अपनाउन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रधानमन्त्री आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताए । यो समयमा थप संक्रमित देखिने मात्र नभएर, समुदायमा संक्रमण फैलिने खतरा रहने उनले बताए ।