कैैलालीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ

586
views

टीकापुर, १, बैशाख । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

टीकापुर अस्पताल स्रोतका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । ¥यापिड टेस्टमा नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन् । वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए । सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।