मेरोमाइक्रोफाइनान्सद्वारा २५ लाख सहयोग

1048
views

नुवाकोट । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा २५ लाख ६० हजार ७ सय १९ रुपैयाँ सहयोग गरेको छ ।

साथै तत्कालका लागि संस्थाले विपन्न तथा पीडित वर्गहरुका लागि राहत स्वरुप विभिन्न स्थानीय स्तरहरुमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न समेत सहयोग गरेको छ ।

सहयोग रकम केन्द्रीय सरकारको कोषमा जम्मा गरिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।

दाहालका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गर्ने यो सहयोग रकमका साथै संस्थाका ५ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् । सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको तर्फबाट ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट उक्त रकम जम्मा गरिने भएको हो ।

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तिय संस्थाले यो संकटपूर्ण अवस्थामा सतर्कता अपनाउन आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ ।