उदयपुरका कोरोना संक्रमित तीनजिल्ला घुमेका थिए

1012
views

काठमाडौं, ६, बैशाख । उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको पाइएको छ । उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानमा देखिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका तीन भुल्केस्थित मस्जिदमा संक्रमित अवस्थामा भेटिएका १२ जना भारतीयले आफुहरु मंसिर अन्तिम साता नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएका छन् ।

उनीहरु मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएपछि उनीहरु गएका मस्जिद लगायतका क्षेत्रमा प्रहरीले कन्ट्याक ट्रेसिङको तयारी गरिएको छ ।

संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । संक्रमितलाई भने विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।