घायलश्रीको सम्झनामा अझै पनि “स्कुले माया” गायक उदयले गरिदिए सार्वजानिक

2117
views

निर्मल पौडेल
पर्वत, २०, बैशाख । म्याग्दीका सर्जक घायलश्रीले अझैपनि स्कुल पढ्दा लाएको मायालाई विर्सन नसेकेर घायल वन्दै भौँतारिएर हिँडेको यथार्थ खुल्न आएको छ । पर्वत जन्मथलो भएर म्याग्दीलाई कर्मथलो वनाएर साहित्य कलामा अग्रसर घायलश्रीले आजसम्म लुकाएर हिँडेको रहस्यमय कुरा लाई पर्वतका उदयीमान गायक उदय भुषालले “स्कुले माया” लोकदोहोरी गिती एल्वं मार्फत सार्वजानिक गरेका हुन् ।

भर्खर कक्षा १२ मा अध्ययनरत उदयले पहिलो लोकदोहोरी गीतिएल्वम् वजारमा ल्याएका हुन् । गीतमा नव गायक भुसाल र म्याग्देली गायिका कुमारी पुनको सुमधुर स्वर रहेको छ । म्याग्दीका ख्यातीप्राप्त साहित्यकार घायलश्रीको उत्कृष्ट शव्द सिर्जना रहेको गीतमा पछिल्लो समयका मौलिक लोक लयका चर्चित सर्जक हेमन्त कान्छाले लय तथा संगित भरेका छन् ।म्याग्दीका विभिन्न पर्यटकीय एवं मनोरञ्जनात्मक ठाउँहरुमा छायाङ्कन गरिएको गीतमा स्कुले जीवनमा प्रेममा परेर प्लस टु पढ्ने वेला प्रेमी प्रेमिका विचमा आएको तिक्तता संगै विरानोपन लाई भिडियोमा उतारिएको छ ।

स्कुले जीवनमा रहरले लाएको माया प्लस टू पढ्ने वेला कहरले टाढा हुनुपर्ने वाध्यता विवशताहरुलाई छर्लङ्ग पार्न खोजिएको सर्जक घायलश्रीले वताए । भिडियोमा गायक भुषाल, सुस्मिता किसान,विरोश क्षेत्री लगायतले अभिनय गरेका छन् । म्याग्दीका चर्चित गायक तथा मोडेल धु्रव जिसीको निर्देशन, भुपेन वानियाको छायाङकन र लव थापाले कोरियोग्राफी गरेको भिडियो लाई कृयटिभ मिडियाको अफिसियल युटुव च्यानल वाट सार्वजानिक गरिएको छ । म्युजिक भिडियो लाई धेरै दर्शक स्रोताहरुले रुचाउने निमार्ण युनिटले अपेक्षा गरेको छ ।

पुरा भिडोयो हेर्नुहोस्