संसद अधिवेशन वैशाख २६ मा बोलाउने

752
views

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो ।