सरकारले भारतलाई बुझायो कुटनीतिक नोट

447
views

काठमाडौं, २९, बैशाख । नेपाली भूमि लिपुलेकमा भारतले निर्माण गरेको एकतर्फी सडकको विषयमा नेपालले भारतीय राजदूतलाई कुटनीतिक नोट बुझाएको छ । भारतीय राजदूत विनय मोहन क्वात्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कुटनीतिक नोट बुझाइएको हो ।

गत शुक्रबार नेपालको भूभाग लिपुलेकमा विस्तार गरिएको सडकको उद्घाटन गरेपछि त्यसले दुई मुलुकबीच विवाद उत्पन्न भइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विषयमा नेपाल सरकारको पोजिसनबारे भारतीय राजदूतलाई जानकारी गराउँदै कुटनीतिक नोट बुझाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले २ नोभेम्बर २०१९ मा प्रकाशित गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको भूभाग प्रकाशित गरेको विवाद साम्य नहुँदै नेपालको भूभाग हुँदै कैलाश मानसरोवर जोडने सडक निर्माण गरेको हो ।