जलजला गाउँपालिकाका अध्यक्षले गरे कोरोना उपचारका लागि विशेष पहल

404
views

पर्वत, २९, बैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का संक्रमितहरु नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएका छन ।

यसको प्रभाव पर्न नदिन पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले गाउँपालिकाको ९ वटै वडामा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य ईकाहरुमा आवश्यक स्वास्थ्य उपकरणहरु उपलब्ध गरेका छन् । ९ वटै वडाको ७ वटा स्वास्थ्य चौकी र २ वटा स्वास्थ्य ईकाईमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।

अध्यक्ष मल्लले स्वास्थ्य चौकी एवं स्वास्थ्य ईकाईमा प्रयाप्त मात्रामा ११ वटा थर्मोगन, पीपीई, मास्क, सेनिटाईजर, ग्लोब र स्वास्थ्य सम्बन्धि आवश्यक समाग्रीहरु उपलब्ध गराएका हुन् ।

गाउँपालिकावासीको स्वास्थ्यलाई विशेष ध्यान दिदैं उनले कोरोना संक्रमित भेटिए निःशुल्क उपचारका साथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकलाई परिचालन गरी जलजला गाउँपालिकामा स्वास्थ्य परिक्षण, कोरोना विशषेश तथा अन्य विरामीको आवश्यक उपचारमा विशेष जोड दिएका छन ।

मल्लले पोखरा जानुपर्ने विरामीहरुका लागि एम्बुलेन्स सेवा समेत उपलब्ध गराएको जानकारी दिए । उनले गाउँपालिकाबाट स्वास्थ्य क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भत्ता समेत उपलब्ध गराएको बताए ।

जलजला गाउँपालिकाले कोरोनाका शंकाष्पद व्यक्तिलाई परिक्षण गरी संक्रमित देखिएकाहरुका लागि क्वारेन्टाईनको व्यवस्था समेत गरेको छ ।

गाउँपालिकाले क्वारेन्टाईनमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरणका साथै क्वारेन्टाईनमा रहेका बस्नुपर्नेका लागि चेकजाँच तथा सेवा सुविधा समेत उपलब्ध गराउने निर्णय गरेको छ ।