सरकारको आगामी कार्यक्रम : स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान

570
views

काठमाडौं, २, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने घोषणा गरिन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि यी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताईन् ।

नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामर्थ्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताइन् ।

राष्ट्रपतिले राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिइन ।

राष्ट्रपतिले सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने बताईन् । उनले सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।