नेपालमा थप ६ जनामा कोरोना, संक्रमित संख्या २७३

807
views

काठमाडौं, ३, जेठ । नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु–११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज–१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर–४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली–१ निवासी २५ वर्षीया महिला रहेका छन् ।