अमेरिकामा मृतकको संख्या १ लाख नाघ्यो

752
views

जेठ, १४, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा १ लाखभन्दा बढिको मृत्युु भएको छ । त्यहाँ अहिलेसम्म १ लाख २ सय जनाको मृत्यु भएको छ ।

विश्वभर भने ३ लाख ५० हजारको मृृृृृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ५६ लाख ४५ हजार जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १७ लाख १६ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ४ सय १६ जनाको ज्यान गएको छ । त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ३ लाख ६२ हजार ३ सय जना संक्रमित भएका छन् । त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ९ हजार जनामा कोरोना संक्रमण देखिएको र १ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय १७ जनाको ज्यान गइसकेको छ । २ लाख ८३ हजार ३ सय जना मानिसमा कोरोना संक्रमण भएको छ ।

बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ३४ जनाको ज्यान गएको छ । त्यहाँ कुुल ३७ हजार ४८ जनाको ज्यान गएको छ भने २ लाख ६५ हजार २ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

ब्राजिलमा कोरोनाबाट ३ लाख ७८ हजार जना संक्रमित भएका छन् भने २३ हजार ६ सय २२ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ४ हजार ३ सय ४९ जनाको ज्यान गइसकेको छ, भने १ लाख ५० हजार ७ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा ५ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ७७ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर २४ लाख ८ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख ८६ हजार उपचाररत मध्ये ५३ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ४ सयभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा धेरै हो । त्यसैगरि ६१ हजार नयाँ संक्रमित थपिएका छन् ।