दलित युवा हत्याका दोषीलाई कारवाहीको माग, भेरीसँगैं बग्यो संविधान

1452
views

पोखरा, १४, जेष्ठ । अन्तर्जातीय प्रेमका विषयमा रुकुम पश्चिमको हत्या घटनाका दोषीलाई कार्वाही गर्न नेपाल दलित मुक्ति मोर्चाले माग गरेको छ । जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेको हो । नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय समितिका इन्चार्ज केशबहादुर परियारले एक विज्ञप्ती जारी गर्दै कार्वाहीको माग गरिएको हो ।

अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा संवैधानिक रुपमा बर्जित भईसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदै आजको सभ्य एवं उन्नत समाजमा एउटा केटा र केटीबीच भएको लामो समयदेखि प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने सहमति अनुसार अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउने गरी घटना घट्नु अत्यन्तै निन्दनीय भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपालको संविधान र विद्यमान कानुन वमोजिम घटनामा संलग्नहरुलाई हदैसम्मको कार्रवाही गरी पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र सुरक्षाको व्यवस्थागर्न र सोही घटनामा वेपत्ता भएकाहरुको खोजिको माग गरिएको छ । साथै सम्पूर्ण घाइतेहरुको शीघ्र उपचारको लागि नेपाल दलित मुक्तिमोर्चा सरकार समक्ष जोडदार माग गर्दछ भनिएको छ ।

घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ्य लाभ र पीडित परिवारजनमा समवेदना ब्यक्त गर्दै इन्चार्ज परियाले उक्त हत्याकाण्डको निष्पक्ष छानबीन गरी दाषीमाथि कडा कारवाही गर्न माग गरिएको हो ।

भेरीसँगैं बग्यो संविधान
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज वि.क. र पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं. ८ सोती निवासी सुष्मा मल्लबीच लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई अन्तरजातीय विवाह गर्न भनि प्रेमिकाको अनुरोधमा उनकोे घरमा जाँदा नीजको परिवार, उनका नजिकका नातेदार र जनप्रतिनीधि सोही वडाका अध्यक्ष डम्बर वहादुर मल्ल लगायत गाउँलेहरुले गरेको सांघातिक हमलाको घटनाले सिङ्गो दलित समुदायलाई आक्रोशित र मर्माहत बनाउनुका साथै घटनाले मानवअधिकार, नेपालको संविधान, कानुन र लोकतन्त्र कै उपहास गरेको दलित मुक्ति मोर्चाले ठहर गरको छ ।

विज्ञप्तिमा दलित समुदाय माथि गरिने जुनसुकै विभेद, अपमान, दमन, शोषण उत्पीडन सम्पूर्ण दलित समुदाय माथिको प्रहार भएको उल्लेख गर्दै यो समस्या सिंगो मुलुकको समस्या र मानवजातिको समस्या भएको उल्लेख गरिएको छ ।

त्यसैगरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं. ८ सोतीमा भएको गंम्भीर जघन्य अपराधको घटनामा संलग्न अपराधीहरुलाई हदै सम्मको कार्यवाहीको जोडदार माग र घटनाका पीडितको न्यायको पक्षमा भएका आन्दोलनहरुमा नेपाल दलित मुक्ति मोर्चाको तर्फबाट ऐक्यबद्धता जाहेर गरिएको छ ।