सीताराम थापा
बागलुङ, ५, असार । बाग्लुङ जिल्लामा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा २४ जनानमा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएकाहरु गल्कोट नगरपालिकाका २ महिला, ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुष, काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका ५ जना रहेका छन । यो सँगै बागलुङमा संक्रमितको संख्या ६६ पुगेको छ ।
संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाकाका १९ जना संक्रमितलाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रि आइलोसेनमा ल्याउने तयारी गरिएको छ ।
बाग्लुङ ढोरपाटनका पाँच संक्रमितलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिने कार्यालय प्रमुख तथा जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव सुरज गुरौले जानकारी दिए ।