कोरोनाका कारण ५ लाख ७ हजार बढीको मृत्यु

472
views

काठमाडौं, १६, असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५ लाख ७ हजार बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड ४ लाख संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजारको मृत्यु भएको छ । २६ लाख ८१ हजार संक्रमित भइसकेका छन् ।

ब्राजिलमा ५८ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या १३ लाख ७० हजार पुगेको छ ।

रुसमा ६ लाख ४१ हजार संक्रमित संख्या पुग्दा ६ हजार ७ सयको मृत्यु भएको छ ।

भारतमा ५ लाख ६७ हजार संक्रमित संख्या पुग्दा १८ हजारको मृत्यु भएको छ ।

नेपालमा संक्रमित संख्या १३ हजार नाघ्दा मृतक संख्या २९ पुगेको छ ।