राजधानीमै पिउने पानीको अभाव

समस्या बुझ्दैन कर्णाली प्रदेश सरकार

1091
views

जितेन्द्र थापा
सुर्खेत, १, साउन । सुरुसुरुमा गाउँबस्तिमा पानीको निकै समस्या हुन्थ्यो, यो समस्या संघियतापछि केहि रुपमा कम भयो गाउँ बस्तिका नागरिक सुख सुविधाका लागि सहरमा बसाइ सराइ सर्न थाले अहिले सहरमा पनि पानीको समस्या उस्तै छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर मै शुद्ध पिउने पानीको सुविधा छैन् । वीरेन्द्रनगर नगरपलिकाको वडा नम्बर ३ बस्ने एक स्थानिय महिला ज्योति विष्टले गुनासो गर्दै भनिन् ‘विगत तीन बर्षदेखी करिब आधा घण्टाको बाटो हिडेर पानी लिन आउँछु सधै धारा नजिक पुग्छु पालो पाइदैन, पालो कुर्दा कुर्दै आधा घण्टा नै भइहाल्छ, अझै करिब आधा घण्टा पर्खेर घरतिर फर्किन्छु ।’ हाम्रो वडामा केहि रुपमा खानेपानी संस्थानका धारा जोडेका छन् तर पानी नआएको महिनौ भइसक्यो आधा घण्टाको बाटो हिडेर पानी पिउनुपर्ने बाध्यता छ ।’

त्यस्तै अर्की विरेन्द्रनगर वडा नं ९ बस्ने र्निर्मलादेवी सताइको गुनासो पनि त्यस्तै छ ‘आफु वडा नं ९ बाट धारासम्म पुग्न दश मिनेट लाग्छ, चारवर्ष भयो यहाँको पानी बोकेर पिउन थालेको अहिलेसम्म पिइरहेकै छु पिउने पानीको लागि प्रदेश सरकारले केहि पहल गरेनन्, खालि भाषणमा मात्र यो त्यो गर्छु भन्छन्, सरकारमा बसेपछि काम के हो भुलिहाल्छन् ।

म कोठा भाडामा लिएर बस्न थालेको एकवर्ष भयो कुवाको पानी पिउन योग्य हुदैन अहिलेसम्म बोकेरै पिउनुपर्ने बाध्यता रहेको बिरेन्द्रनगर वडा नं ३ मा बस्ने दैलेखका बिनोद थापाले बताए ।

प्रदेशको राजधानि भएकै ठाउँमा पानीको निकै अभाव छ, वडा नं तिन आसपासका सर्वसाधारणहरु मात्र होइन् कहिले कतै विरेन्द्रनगर १०÷११ नं वडाबाट पानी लिनलाई यहि आउने गरेको स्थानिय निरक चौधरीले बताए ।

उनले भने ‘घरघरमा पाइपलाइन नभएपनि यहि टयांकिलाई मर्मत तथा व्यवस्थित गर्दिनुस भनेर वडा कार्यालय तथा नगरपालिकामा अनुरोध गर्दा पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।