पहिरोले एकै परिवारको तीन जनाको मृत्यु

643
views

धादिङ, ६, साउन । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा घर माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति पहिरोले पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–६ का जीवन खाँड, उनकी श्रीमती विमला खाँड र अन्दाजी तीन वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

राति पहिरो गएकाले उनीहरुको शव छिमेकीले निकालेको डीएसपी रुपक खड्काले जानकारी दिए ।