बाग्लुङ पहिरोमा परि बेपत्ता दुईजनामध्ये एकजनाको शव भेटियो

694
views

बाग्लुङ : बाग्लुङ नगरपालिका–१ रामरेखाको निरहेघाटमा सुक्खा पहिरोमा परी बेपत्ता दुईजनामध्ये एकजनाको शव फेला परेको छ।

शनिबार राति ९ बजे गएको पहिरोमा एक ट्रयाक्टर र एक डोजरसँगै चालकहरु पुरिएका थिए। तीमध्ये ट्रयाक्टर चालक २५ वर्षीय रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो। उनी बाग्लुङ–५ मालिका हुन्।

उनीसँगै बेपत्ता भएका अर्का एकजना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए। पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खटिएका थिए। निरन्तर पहिरो खसेकाले जोखिम भएपछि राति उद्धार रोकिएको थियो।