ओली पुगे वामदेवलाई भेट्न भैंसेपाटी

1169
views

काठमाडौं : सत्तारुढ नेकपाको विवादले उग्ररूप लिइरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्ने भैँसे पाटी पुगेका छन्।

मंगलबार दिनभर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बालुवाटारमै घेराबन्दी गरेपछि ओली वामदेवलाई भेट्न साँझ ७ बजे भैंसेपाटी पुगेका हुन्। पछिल्लो समय दाहाल–नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीको पक्षमा आफूलाई उभ्याएका थिए।

वामदेवको ६ बुँदे प्रस्तावले नेकपा दाहाल–नेपाल गुटमा तरंग ल्याएका बेला महासचिव विष्णु पौडेललाई साथमा लिएर ओली भैंसेपाटी पुगेका हुन्। तीन नेताबीच भैंसेपाटीमै खाना खाने कार्यक्रम तय गरिएको छ। मंगलबार बालुवाटारमा भएको दाहाल(नेपाल समूहका स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूले राखेको ६ बुँदे प्रस्तावबारे आफ्नो धारणा राखेका थिए।

प्रधानमन्त्रीज्यू महासचिव पौडेललाई साथमा लिएर भैंसेपाटी पुग्‍नु भएको छ। उहाँहरु साँझ ७ बजे भैंसेपाटी जानुभएको होु, उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्‍वमणि सुवेदीले थाहाखबरसँग भने, उहाँहरूबीच पछिल्लो समय नेकपामा विकसित भएको घटनाक्रम र मंगलबार सार्वजनिक गरिएको ६ बुँदे प्रस्तावसहितका विषयमा छलफल हुन सक्छ। 

मंगलबार बस्‍ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएपछि बालुवाटारमा बसेको अध्यक्ष दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालनिकट सदस्यहरुलाई सम्बोधन गर्दै गौतमले पार्टी एकता बचाउन आफूले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेको बताएका थिए।

पार्टी एकता कायम राख्‍न र सहमतिमा अघि बढ्न मैले पेश गरेको ६ बुँदे प्रस्तावको आधारमा पार्टीलाई अघि बढाऔँ, गौतमले बालुवाटारमा भने, तत्काललाई पार्टी एकता बचाइराख्‍न मैले गरेको प्रस्ताव उचित छ, सबैले यसलाई मनन गरेर अघि बढौँ।

दाहाल(नेपाल समूहका स्थायी कमिटी सदस्य उपस्थित उक्त बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता बचाइराख्‍न आफूले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए। उनले पार्टी एकता बचाइ राख्नु अहिलेको अनिवार्य शर्त भएको बताए। पार्टी एकता बचाइराखेर अघि बढ्नु अहिलेको आवश्यकता होु, उनले भने, मैले त्यसकै लागि यो प्रस्ताव अघि सारेको हुँ। उनले यसअघि मंसिर ४ मा भएको भनिएको निर्णयका लागि आफूले धेरै पहल गरेको बताए। केपी ओली ५ वर्ष नै प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष बन्दा ठीक हुन्छु, उनले भने, प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा पूरै पार्टी चलाउने गरी अघि बढ्दा उचित हुन्छ।