पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु

610
views

 काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा विष्णु शर्माले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे। उनले भने, ‘तराईतिरबाट रिफर भएर आउनु भएको थियो आज उपचारकै क्रममा उहाँको निधन भयो।ु डा शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी पनि बिरामी थिइन्। उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।