पाटन अस्पतालमा एकजना संक्रमितको मृत्यु

685
views

काठमाडौं  ।  ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो ।

यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो। उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो । अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए ।