अख्तियार प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

857
views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

उनी घरमै आइसोलेसनमा बसिरहेका छन्। यसअघि अख्तियारका अन्य केही कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो। कर्मचारीमा पोजेटिभ रिपोर्ट आएपछि कन्ट्याक ट्रेसिङ गर्दा घिमिरेलाई पनि संक्रमण देखिएको हो।