सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयको निर्देशन

438
views

साउन २९, काठमाण्डौ । गृह मन्त्रालयले लकडाउनका बेलादेखि वितरण हुँदै आएको सवारी पास नदिन निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन पत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई आजदेखि लागु हुने गरी सवारी पास वितरण रोक्न निर्देशन गरेको हो ।

मन्त्रीपरिषदको निर्णयबमोजिम अर्को सुचना जारी नभएसम्मका लागि पास वितरण रोक्ने मन्त्रालयले जनाएको छ । कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै अहिले जारी हुँदै आएको पास अब नदिन भनेको छ ।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएको निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ ।’

अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो ।