पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले आज (शनिबार) १० जनामा कोरोना पुष्टि भएको जनाएको छ । पोखरा–५ का ३९ वर्षीय पुरुष, पोखरा–८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी तनहुँका २ जना, बागलुङका २ जना, गोरखा, स्याङजा र नवलपुरका १–१ जना गरि १० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।
त्यस्तै यता, सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई नर्समा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको एमआईसीयूमा कार्यरत २ जना नर्समा कोरोना देखिएको हो ।
उनीहरुको प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यस अगाडी प्रतिष्ठानकै दुई जना डाक्टरमा समेत कोरोना देखिए पछि उनीहरुपनि उपचारका लागि कोभिड अस्पताल भर्ना गरीएको डाक्टर शर्माले जानकारी दिनुभयो ।