चितवनमा शसस्त्र प्रहरीसहित ५० जनामा कोरोना

537
views

चितवन, २, भदौ । जिल्लास्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिलासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ४२ जना शसस्त्र प्रहरी रहेका छन् । पूर्वीचितवनमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । शसस्त्रका ६० जनाको स्वाव परिक्षण गरिएको थियो ।