ठाटीकाँधमा पहिरोमा परि एकको मृत्यु, पाँच घाइते

867
views

जितेन्द्र थापा
सुर्खेत ३, भाद्र । दैलेखमा गयराती परेको अविरल वर्षाका कारण पहिरोले घर बगाँउदा एक जनाको मृत्यु र पाँचजना घाइते भएका छन् । पहिरोमा परि ठाटीकाँध गाउँपालिका वडा नं ४ विशाला गैरागाँउ देउती टोलका टिकाराम कठायतका १२ वर्षिय छोरा जनक कठायतको मृत्यु भएको र दान बहादुर कठायतका ११ वर्षिय छोरा लोकेश कठायत बेपत्ता भएको स्थानिय बिनोद शाहीले बताए । 

गयराती स्थानीय टिकाराम कठायतको घर माथिबाट खसेको पहिरोले घर बगाउँदा टिकाराम कठायतसहित उनकी ४५ वर्षिय श्रीमती धनसरा कठायत र १७ वर्षिय छोरि बेल कठायत र १५ वर्षिय छोरा शमसेर कठायत घाइते भएको स्थानिय शाहीले बताए ।

यस्तै अर्का ३५ वर्षिय गम्म नेपाली घाइते अबस्थामा भेटिएको शाहीले जानकारि दिए । घर माथिबाट खसेको पहिरोले वडा नं ४ साविकको ८ नं देउती टोलमा मानविय क्षतिसँगै ठुलो धनमालको क्षति भएको सोहि वडाका वडा अध्यक्ष रमेश सिजापतीले बताए । उनले भने‘ टिकारामका दुइवटा घर र घरमा भएको सुन, करिब चार लाख रुपैँया पहिरोले बगाएको र अन्य चारवटा घरमा पुर्ण रुपमा क्षति पुर्याएको र देउती टोलनै जोखिममा रहेको छ ।’

यस्तै देउती माइक्रो हाइड्रो पावरको पावर हाउसमा समेत ठुलो क्षति पुर्याएको र हाईड्रोपावर नै बगाएको वडा अध्यक्ष सिजापतीले जानकारि दिए ।

पहिरोले गाउँपालिकाको वडा नं ४ मा ठुलो जनधनको क्षती गरेको अहिले आफुहरु उद्दार कार्यमा लागेको र घाइतेहरुलाई उपचारको लागि हेलिकप्टरमार्फत बाहिर पठाउने तयारि भइरहेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताए ।