आइसोलेसनबाट संक्रमित फरार

531
views

चितवन, ९, भदौ । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा बसेका एकजना कोरोना भाइरस संक्रमित पुरुष भागेका छन् । बिहान पाँच बजेको समयमा उनी अस्पतालबाट भागेका हुन् ।

विहान स्वास्थ्यकर्मीले खोजी गर्दा उनी अस्पतालको आइसोलेसनमा फेला नपरेको अस्पतालले जनाएको छ ।

केहिदिन अघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि उनलाई प्रहरीले अस्पतालको जिम्मा लगाएको थियो । भरतपुर पारस बसपार्क आसपास बस्दै आएका ती व्यक्तिको खोजि कार्य जारी छ ।