नेपालमा कोरोनाकै कारण १७५ ले ज्यान गुमाए

378
views

काठमाडौं, १०, भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १७५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना दुई महिला र ९ पुरुषको मृत्युभएसँगै मृत्यु हुनेको संख्या १७५ पुगेको हो ।

बुधबार मृत्यु हनेमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष रहेका छन् । मृतक पुरुषमा कैलालीका ४५ र ५० वर्षीय दुई, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन, बाराका ४१ र ४६ वर्षीय दुई, बाँकेका ३७ एक, काठमाडौंका ५१ वर्षीय एक पुरुष गरेर ११ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ । १४ हजार ७३९ जना आइसोलेसनम ेछन् ।

जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका २३०, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।