झापाका ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

393
views

झापा, १२, भदौ । झापाका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।