मेयर विद्यासुन्दरलाई कोरोना संक्रमण

417
views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार आएको पिसिआर परीक्षणको रिपोर्टबाट उनमा कोरोना पुष्टि भएको हो। उनले हिजो आइतवार स्वाब दिएका थिए। कोरोना परीक्षणका लागि स्वाब दिएका उनी त्यही दिनदेखि होम आइसोलेसनमा बसेका थिए।

श्रीमती बिरामी भएपछि जँचाउन ग्राण्डी अस्पताल पुगेका शाक्यले त्यहीँ स्वाब दिएका थिए। उक्त स्वाबको सोमबार आएको रिपोर्ट अनुसार श्रीमतीमा संक्रमण देखिएन भने मेयर शाक्यमा चाहिँ संक्रमण पुष्टि भएको हो