वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

510
views

काठमाडौं, १८, भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ ।

बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको नाम राष्ट्रियसभाको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिए ।

सरकारले भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार गौतमको नाम सिफारिस गर्ने भएको हो ।