नेपाल रेडक्रसको ५८ औँस्थापना दिवस

632
views

काठमाडौं, १९, भदौ । वि.सं २०२० साल भाद्र १९ गते स्थापना नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवस भव्यताका साथ मनाइदैछ ।

यसै उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिहरूको बारेमा अन्तरक्रिया रछलफल, फोटो तथा सिर्जना प्रतियोगिता जस्ता गतिविधि संयोजन गरी साप्ताहिक (भाद्र १४ देखि भाद्र २० सम्म)े यो दिवसका कार्यक्रम देशभर आयोजना भइरहेका छन् ।

रेडक्रसका प्रदेश, जिल्ला शाखाहरू र यूवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक गतिविधि, प्रतियोगिताहरू जस्ता गतिविधिहरू अनलाईन गतिविधिमा जोड दिई वा भौतिक दुरी कायम राखी आयोजना गरिरहेका छन् । यस्ता गतिविधिमा समुदाय, स्थानीय अधिकारीहरू र सरोकारवालाहरू सहभागि भइरहेका छन् ।