मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु

425
views

काठमाडौँ । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक सुरु भएको जानकारी दिए।

आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको मनोनीत सदस्यको रुपमा राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएको छ।

नेकपाको सचिवालय बैठकले बिहीबार रिक्त स्थानमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो। यस्तै, बैठकमा अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने बुझिएको छ। अर्थमन्त्री खतिवडाको भोलि कार्यावधि सकिँदै छ।