कोरोनाका कारण चितवनमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु

376
views

काठमाडौ । कोरोना भाइरसका कारण चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१५ का ७० वर्षका बृद्धको आज बिहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

लम्सालका अनुसार ति बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियुमा राखेर उनको उपचार भइरहेको थियो।

उनमा श्वासप्रश्वासमा समस्या थियो। साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलासिस पनि गरिएको डाक्टर लम्सालले बताए।