पातलीखेतमा पाँच धारा, संसदको पहल, भुसालको समन्वय

1226
views

यज्ञ वहादुर थापा
पर्वत, २४, भदौ । संघीय संसद पदम गिरीको विशेष पहलमा निर्माण गरिएको खानेपानीका धाराहरु सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित बनेका छन् ।

पर्वतको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविस वडा नं ५ को पातलिखेतमा पाँच घरका लागि गत आ.व.मा निर्माण गरिएका ५ वटा धारामा पानी आएपछि स्थानीयवास हर्षित बनेका हुन् ।

प्रदेश सरकारको आयोजनामा सञ्चालित शंकरपोखरी वृहत खानेपानी आयोजनाका सचिव कमल प्रसाद भुसालको समन्वय तथा संघीय सांसद पदम गिरीको पहलमा चारलाख रुपैयाँको लागतमा १० हजार लिटर ट्याङ्की सहित पाँच घरका लागि पाँचवटा धारा आयोजना परेको थियो ।

स्थानीयलाई खानेपानीको समस्या भइरहेको बेला सांसदको पहल र सचिव कमल प्रसाद भुसालको समन्वयले घरघरमा पानीको पहुँच पुगेको स्थानीयको भनाई छ ।