गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

621
views

पर्वत । गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका ९ जना, बागलुङको तमान खोला गाउँपालिकाका-१ का २६ वर्षीय पुरुष र नवलपरासी (सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका–१ का ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पोखरा र बागलुङका १० जनाको क्षयरोग उपचार केन्द्र पोखरामा र गैँडाकोटका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गरिएको थियो । पोखरा महानगरपालिका–१३ की ३८ वर्षीय महिला साउदी अरबबाट आएकी हुन् ।

पोखरा-१७ का र वडा नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अरु सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ गर्दा पहिचान भएका हुन् ।

उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । थपिएका समेत गरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ ।